Home > News & Events > धम्पुस पिक (थापा पिक) आरोहणको तयारी तीब्र

धम्पुस पिक (थापा पिक) आरोहणको तयारी तीब्र

पोखरा । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको आयोजनामा यस क्षेत्रको पर्वतीय पर्यटनको प्रबर्द्धन तथा प्रचार प्रसारगर्ने उदेश्य अनुरुप यही पुस २७ गते (जनवरी ११, २०२१) का दिन सुरुहुने आठदिने धम्पुस पिक (६०१२ मि) आरोहण तथा पर्वतीय पर्यटन पुनरोत्थान कार्यक्रम २०७७ को तयारी तीब्र गतिमा भएको छ।

पोखरास्थित विभिन्न ९ वटा ट्रेकिङ कम्पनीसहित पत्रकारको टोलीले मुस्ताङ जिल्लास्थित उक्त हिमाल आरोहण गर्दै छन। विभिन्न बन्दोबस्तीका सामानहरु, टेक्निकल गियरहरु, बीमा तथा पर्यटन विभागद्वारा जारी गरिने आरोहण अनुमति पत्रको व्यवस्थापन गर्न संयोजक जिवनराज सापकोटाको नेतृत्वमा एउटा टोली आज काठमाडौं प्रस्थान गरेको छ।

पाल, भांडाकुंडा र अन्य बन्दोबस्तीको तयारी आरोहण दलका सदस्य तथा लामा राइजेन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका निर्देशक युवा व्यवसायी छिरिङ लामा शेर्पाले गर्नुभएको छ ।

पुस २७ गते बिहान ८ः३० बजे अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सभाहलमा छोटो औपचारिक कार्यक्रममा बिदाइ तथा झन्डा हस्तान्तरण हुनेछ भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहनेकुरा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो।

दुइदिने आरोहण तालिम सहितको उक्त एक्सपिडिसनमा १० जना आरोहीहरु, दुईजना प्रशिक्षक सहित २४ जनाको भ्रमणदल रहने छ भने टोली माघ ५ गते पोखरा फर्किनेछ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *