पोखरा पर्यटन परिषद्ले भन्यो, ‘व्यवसायीलाई पलायन हुनबाट रोकौं

पोखरा पर्यटन परिषद्ले भन्यो, ‘व्यवसायीलाई पलायन हुनबाट रोकौं’

Informatic college

पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार शुभारम्भ गरेको व्यवसाय जीवनरक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको र यससँगै सरकारले जारी गरेको मौद्रिक नीति पनि अविलम्ब लागू गर्न आग्रह गरिएको छ ।

‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैंक पोखराबीच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरेर शुभारम्भ भएको व्यवसाय पुनःकर्जा कोषको पर्यटन सम्बद्ध संघ संस्थाको तर्फबाट स्वागत गर्छौं, कोभिड–१९ को कारण सतप्रतिशत घाटामा सञ्चालन गर्न बाध्य पर्यटन व्यवसायीलाई यस कोष सञ्चालनपश्चात् थप राहत हुने विश्वास गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Datsun

प्रदेश सरकराले रु एक अर्बको व्यवसाय कोषलाई विभिन्न शीर्षकमा बैंकले रु ५० हजारदेखि १० लाखसम्म साना यातायात व्यवसाय कर्जा तथा साना व्यवसाय कर्जामा लगानी गर्ने, लगानी र कर्जा लिँदा ऋणीले तीन वर्षसम्म कुनै पनि शुल्क वा ब्याज तिर्नु नपर्ने, ऋणीले तिर्नुपर्ने ब्याज प्रदेश सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने कुराले व्यवसायीको लागि सरकार अभिभावको रुपमा पाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । शुरुका छ महिनालाई ग्रेस अवधि मानेर ऋणीको आय र नगद प्रवाहका आधारमा बैंकले ऋणीसँग छलफल गरी साँवाको भुक्तानी तालिका निर्धारण गराउनु निकै प्रशंसनीय रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

Adv tvs 3Col
moterhead middle page
KIA

परिषद्का अध्यक्ष भट्टराइले ढिलै भए पनि जीवन रक्षाकोष शुभारम्भ हुनु निकै प्रशंनीय रहेको बताए । ‘राम्रो कामको शुरुआत भएको छ, अब मौद्रिक नीति पनि सहज र सरलरुपमा कार्यान्वयन गरेर कोभिड–१९ को कारण व्यवसायबाट पलायन हुनबाट रोक्नुपर्छ,’ उनले भने, ‘खर्बौंको लगानी भएको पर्यटन क्षेत्र यतिबेला निकै नराम्ररी प्रभावित भएकोे छ, अहिल २० देखि ३० प्रतिशत पर्यटन व्यवसायी पलायनको स्थितिमा पुगेका छन्, सरकारले आफँैले ल्याएको मौद्रिक नीति कार्यान्वयनमा ढिलाइ गर्दा व्यवसायी निरास भएका छन्, हामी फेरि पनि सरकारसँग जोडदार आग्रह गर्दछाँै, साना व्यवसायीलाई पनि समेटेर मौद्रिक नीति सहज र सरलरुपमा उपलब्ध गराएर व्यवसायीलाई जीवन्त राख्न पहल गरियोस् ।’

प्रदेश सरकारले कोरोनाका कारण सबै क्षेत्र ठप्प भएर अर्थव्यवस्था प्रभावित भएको लक्षित क्षेत्रलाई व्यवसायबाट पलायन हुन नदिन रु एक अर्बको व्यवसाय सञ्चालन कोष सञ्चालनमा ल्याएको हो । कर्जा लिनका लागि सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको जिन्सी स्टक, उपकरण, सामग्री, सवारी साधन, घर, जग्गा, सुनचाँदीलगायतलाई धितोका रूपमा लिन सकिनेछ । कर्जा आवेदनका लागि सरकारी निकायमा दर्ता भएर उद्योग व्यवसाय सञ्चालन गरेको एक वर्ष पूरा गरेको हुनुपर्नेछ । उक्त कोष सञ्चालानार्थ चार वटा कर्जा शीर्षकमा प्रदेशभित्रका सबै पालिकामा रहेका १८ वाणिज्य बंैकका ४०० बढी शाखामध्ये कुनैबाट पनि कर्जा लिन सकिनेछ । वाणिज्य बैंकले कर्जाको अवधि तीन वर्षसम्म रहने गरी रु एक लाखदेखि रु १५ लाखसम्म लघु, घरेलु साना उद्यम कर्जा तथा साना पर्यटन व्यवसायका लागि कर्जा दिनेछन् ।

You may also like...

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *