Home > News/Events > कोरोना खोपबाट पर्यटनले गति लिने विश्वास

कोरोना खोपबाट पर्यटनले गति लिने विश्वास

कोरोना खोपबाट पर्यटनले गति लिने विश्वास

account_box क्यापिटल नेपाल ,

प्रकाशित: २०७७ माघ १५, बिहीबार,०८:३९:PM
कोरोना खोपबाट पर्यटनले गति लिने विश्वास

जमुनावर्षा शर्मा, पोखरा । विश्वलाई त्रासमय बनाइरहेको कोभिड– १९ को खोप नेपालमा भित्रिएसँगै धेरैमा उत्साह छाएको छ । कोरोनाको अन्त्य कहिले र कसरी होला भन्ने आशङ्का र अन्योलमा रहेका सर्वसाधारण खोप आएपछि आशावादी हुन थालेका छन् ।

गण्डकी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप शुभारम्भपछि यस क्षेत्रका सर्वसाधारणसँगै पर्यटन व्यवसायीले पनि खुशी व्यक्त गरेका छन् । कोभिड– १९ ले सबैभन्दा नराम्रो असर पारेको पर्यटन क्षेत्रमा खोप कार्यक्रम शुभारम्भ पश्चात यस क्षेत्रमा पर्यटन आगमन सहज हुने गति लिने विश्वास पर्यटन व्यवसायीको छ ।

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड– १९ का कारण लामो समयदेखि व्यवसाय ठप्प हुँदा आर्थिक र मानसिक समस्या झेलिरहेका व्यवसायीमा खोप कार्यक्रम शुरुपश्चात् एक प्रकारको उत्साह देखिएको बताए ।

“कोरोना सङ्क्रमण देखापरेको शुरुका दिन निकै तनावपूर्ण रहे, तत्कालीन समयमा मानवीयता हराएको हो कि भन्ने पनि लागेको थियो, मान्छेमा निकै त्रास थियो, यस्तो अवस्थामामा खोप आउनु र अग्रपङ्क्तिमा कार्यरतलाई प्राथमिकता दिनु निकै सकारात्मक हो”, उनले भने । उनले कोरोनाका कारण पर्यटन व्यवसायीमा व्यक्त गर्नै नसकिने असीमित पीडा रहेको उल्लेख गर्दै खोपले यस क्षेत्रमा पर्यटन चलायमान हुने आशा जगाएको बताए ।

उनले भने, “खोप आयो र गण्डकी प्रदेश सरकारले व्यवसाय जीवनरक्षा कोष कार्यक्रम पनि शुभारम्भ गरेको छ यसको कार्यान्वयनमा पनि जोड दिनुपर्दछ ।” उनले खोप शुभारम्भ पश्चात पर्यटकले पनि भयरहित तरिकाले घुम्न डुल्न योजनामा बनाउन सक्ने बताए ।

संयोजक कँडेलले सबैलाई खोप निःशुल्क भन्दा पनि आर्थिक हैसियत राम्रो भएकाले पैसा तिरेर लगाउँछु भने सरकारले त्यसको व्यवस्था गर्नुपर्ने र कमजोर आर्थिक अवस्था र दुरदराजका नागरिकलाई प्राथमिकता दिएर खोप लगाउन पनि आग्रह गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले नेपालमा यति छिटो खोप ल्याएर अग्रपङ्क्तिमा खटिएकालाई प्राथमिकता दिनु सरकारको निकै सकारात्मक कार्य भएको बताए । “नेपाल जस्तो मुलुकमा पनि यति छिटो खोप आएर लगाउनु निकै सकारात्मक कार्य हो”, भट्टराईले भने । उनले पर्यटन क्षेत्र पनि सेवा दिने व्यवसाय भएकाले यस क्षेत्रका लक्षित समूहलाई पनि प्राथमिकतामा राखेर खोप दिनुपर्ने बताए ।

पर्यटन क्षेत्रमा खर्बौंको लगानी भएकाले बाह्य पर्यटक ल्याउन पनि सरकारले पर्यटनमैत्री वातावरणमा पहल गर्नुपर्ने उनको भनाइ छ । “अब खोप आइसक्यो खोप लगाएका पर्यटकलाई ‘अन अराइभल भिसा’ दिनुपर्छ । पिसिआर रिपोर्ट पनि २४ घण्टामा आउने व्यवस्था सरकारले गर्नुपर्छ”, उनले भने ।

उनले विदेशबाट आउने पर्यटकलाई सात दिन क्वारेन्टिमा बस्नुपर्ने नियम व्यावहारिक नभएको बताए । उनी भन्छन्, “नेपालमा सातरसात दिनसम्म क्वारेन्टिनमा बस्ने गरी को पर्यटक आउँछन् । अब खोप समेत आएर सामान्य बन्दै गएको अवस्थामा सरकारले पर्यटनमैत्री नीति कार्यक्रमा जोड दिएर सहज वातावरणको लागि पहल गर्नुपर्छ ।”

उनले अहिले पनि धेरै विदेशी पर्यटक नेपाल घुम्न आउन खोजिरहे पनि सरकारको झण्झटिलो नीतिले पर्यटकले बुकिङ रद्द गर्ने गरेको बताए । “सरकारले सबै क्षेत्र खुला गरेर यति छिटो खोप समेत ल्याइसकेको छ अब पर्यटक आगमनलाई पनि सहज प्रक्रिमा ल्याउने कार्यमा जोड दिनुपर्छ”, भट्टराईले भने ।

उनले सरकारबाट ल्याइएको राहत प्याकेज कार्यक्रम कार्यान्वयन हुन ढिला भएको जनाउँदै ५० अर्बको व्यवसाय सञ्चालन कोष तथा एक खर्बको पुनःकर्जा कोषलाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत माग गरे ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पनि सरकारले खोप कार्यक्रम शुरुआत गरेकामा प्रशंसा गरे । उनले भने, “यो निकै सकारात्मक कार्य हो, अब यसलाई छिटोभन्दा छिटो सबैको पहुँचमा पु¥याउन सरकारले तदारुकता देखाउनुर्छ ।” उनले पर्यटन क्षेत्रका मजदूरलाई पनि सरकारले प्राथमिकतामा राखेर खोप लगाउन पहल गर्नुपर्ने बताए ।

“होटल रेष्टुरेन्टका मजदूरमा पनि जोखिम रहन्छ तसर्थ उनीहरु सम्पूर्णलाई खोप लगाउन सकियो भने पर्यटकहरुले पनि सुरक्षित महसुस गर्छन् सकारात्मक सन्देश पनि जान्छ”, उनले भने । उनले कोरोनापछिको अवस्थालाई दृष्टिगत गरी पर्यटनमैत्री वातावरणमा सरकारले ध्यान दिएर विदेशी पर्यटक ल्याउन पहल गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारले कोभिड–१९ खोप अभियान अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, अस्पतालका फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई प्राथमिकतामा राखेर १७ हजार ६३० जनालाई कोभिशिल्ड खोप दिइने जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुनेछ ।

You may also like...

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *