Home > News & Events > साहसिक आरोहीहरुलाई पोखरामा सम्मान गरिने

साहसिक आरोहीहरुलाई पोखरामा सम्मान गरिने

रुपनारायण ढकाल : पोखरा, २३ माघ । पाकिस्तानमा रहेको विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमाल (८६११ मिटर) को सफल आरोहण गर्ने १० जना नेपाली पर्वतारोहीलाई पोखरामा सम्मान गरिने भएको छ ।

पोखरा पर्यटन परिषद्को अगुवाईमा पोखरेलीका तर्फबाट विश्वविख्यात आरोही निर्मल पुर्जा लगायत अन्य आरोहीको सम्मान गरिन लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही माघ ३ गते शनिबारका दिन नेपाली आरोहीले केटुको सफल आरोहण गरी इतिहास रचेकोमा उनीहरुको सम्मान गर्न लागिएको परिषद्का अध्यक्ष गोपिवहादुर भट्टराईले जानकारी दिए ।

यही माघ २६ गते दिनको ठीक ३ बजे आरोहीलाई पोखरा विमानस्थबाट पोखरा परिक्रमा गराई लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा कार्यक्रम गरी उनीहरुको सम्मान गरिने कार्यक्रम संयोजक सुशिलराज पौडेलले जानकारी दिए ।
संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेका थिएनन् । आठ हजार मिटर भन्दा माथिका हिमालहरु मध्ये यो मात्र हिउँदम ाआरोहण हुन सकेको थिएन । यो विश्वमा नै पहिलो पटक नेपाली आरोहीहरुले सफलतापुर्वक आरोहण गरेर इतिहास रच्न सफल भएका हुन् ।

हिमालआरोहण गर्ने निर्मल पुर्जाको आरोहण दलका नेपालीहरु मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमाजी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफलआरोहण गरेका थिए ।

वल्र्ड रेकर्ड अफ गिनिज बुक समेतमा आफ्नो नाम लेखाउन सफल आरोहीहरु पनि यस आरोहण दलमा सहभागी रहनु भएको कुराले नेपाल र नेपालीहरु मात्रको शिर उचो बनाएको छैन । यस महान कार्यले विश्वमा नै नेपाल र नेपालीको विरतालाई सधै र सदाका लागी अविश्मरणीय बनाएको छ ।

आफ्नो र आफन्तको खल्ती टक्टकाएर यि विर नेपालीआरोहीहरुले आफ्नो निजिश्रोतबाट यस आरोहणमा लाग्ने सम्पूर्ण खर्चको जोहो गरेका थिए । वास्तवमा यो टोलीले नेपाल र नेपालीले, गर्व गर्न लायक र यो नेतृत्व समूहका रुपमा आफूहरुलाई स्थापित गर्नुका साथै विश्व मानचित्रमा नेपाल र नेपालीको गौरवमयइ तिहास रच्न सफलभएकका छन् भने उनिहरु बधाई र धन्यबादकापात्र समेत बनेका छन् ।

यसैविच माघ ३ गते तदनुसार १६ जनवरी २०२१ को ऐतिहासीक दिन मै नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा गरीएको धम्पुस पिक (थापापिक ६०१२ मि)आरोहण कार्यक्रममा गण्डकी प्रदेशका ६ जना आरोहीहरुले सफलतापूर्वक आरोहण गरेको हुनाल उनीहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।आरोहण दलका सदस्यहरु टासीपासाङ्ग गुरुङ्ग, मन गुरुङ्ग, सन कुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिरा कुमारी मल्ल रहेका छन् ।
सरकार र सम्बन्धीत निकायबाट उनिहरुले केहीधनइनाम या अन्यभौतिक सम्मानचाहेका छैनन । नेपाली बन्न र सम्भावित मृत्यु या उच्चतम जोखीमगौरबको प्रतिक्षित क्षणमा पनि नेपाल र नेपाली नै उनीहरुको चिन्ताको केन्द्रमा रहनु, यो विजय केटु टोलीप्रति सच्चा सम्मानको विषय हुनेछ ।

यस सम्मानकार्यक्रमपोखरा पर्यटन परिषदको आयोजनामाआरोहीदललाई पोखरा विमानस्थलमा स्वागत गरे पश्चातबाजागाजा सहितनगर परिक्रमा गरी लेकसाइड स्थित माउन्ट कैलाश रिर्सोटमा गई कार्यक्रममा परिणत हुनेछ । पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा र सहसंयोजक शेषकान्त शर्माले पनि भनाई राखेका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *