Home > News & Events > सिरुबारीमा ११ महिनापछि खुल्यो होम स्टे

सिरुबारीमा ११ महिनापछि खुल्यो होम स्टे

सिरुबारीमा ११ महिनापछि खुल्यो होम स्टे

  • 476
    Shares

जमुना वर्षा शर्मा, पोखरा । कोभिड– १९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्चालनमा आएका छन् ।

NTHMC new

घरबास एशोसिएशन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो । सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले जताततैका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीलगायतका घरबास पनि पाहुनालाई न्यानो आतिथ्यताले स्वागत गर्न आतुर रहेको बताए ।

उनले कोभिड –१९ का कारण ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन घरबास सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । पत्रकार सम्मेलनमार्फत गुरुङले पर्यटकलाई सिरुबारीलगायतका घरबासमा आउन आग्रह गरे । उनका अनुसार स्याङ्जाामा ४९ सामुदायिक होमस्टे रहेको छ भने एक रातमा दुई हजार पाहुनालाई राख्न सकिन्छ । सिरुबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्चालनमा छन् ।

एशोसिएशनका अध्यक्ष मोहन खनालले प्राकृतिक हिमशृङ्खला, सूर्योदयको सुन्दर दृश्यसँगै गुरुङ, मगर, नेवार र भुजेल जातिको सांस्कृतिक गतिविधिलाई नजिकबाट नियाल्न र गाउँलेको न्यानो आतिथ्यतमा रमाउन स्याङ्जाका होमस्टे उत्कृष्ट रहेको बताए । उनका अनुसार कोभिड अगाडि उक्त स्थानमा वार्षिक करीब ११ हजार पाहुना पुग्ने गरेका तथ्याङ्क छ । स्याङ्जा पर्यटन विकास समितिका अनन्तकुमार श्रेष्ठले सिरुबारीलगायतका होमस्टे सञ्चालनसँगै हरेक महिना एक एक वटा कार्यक्रम सञ्चालन गर्दै जाने बताए ।

Unistar Education

उनले माघ २७ गते सिरुबारीको आँधिखोला गाउँपालिका–ं १ मा गाउँपालिका परिचयात्मक भ्रमण, फागुन २७ गतेदेखि २९ गतेसम्म बालिङ नगरपालिका– ४ कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता र चैत २७ गते सिरुबारीमा होमस्टेमा कोभिड –१९ को प्रभावको बारेमा अन्तक्र्रिया कार्यक्रम तय गरिएको जानकारी दिए ।

कार्यक्रममा आन्तरिक पर्यटन पुनरुत्थानका संयोजक अग्नि कँडेलले गाउँ पर्यटनको अग्रणी सिरुबारी देशकै नमूना होमस्टे भएकाले यहाँबाट अन्य होमस्टेले धेरै कुरा सिक्न सक्ने बताए । उनले पछिल्लो समय आन्तरिक पर्यटकका कारण ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट जागर चलाएर अघि बढ्नुपर्ने धारणा राखे । पछिल्लो समय होमस्टेमा शहरबजारबाट लगिएका खानेकुराले स्थानीय स्वादलाई विस्थापित गरिरहेको उल्लेख गर्दै घरबासमा स्थानीय उत्पादनमा जोड दिएर पाहुनालाई आर्कषित गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ का कारण मानिस शान्त र प्राकृतिक वातावरणको खोजीमा रहेको उल्लेख गर्दै गाउँ पर्यटनमा आर्कषण बढेको बताए । उनले कृषि र पर्यटनलाई जोडेर स्थानीय उत्पादनको स्वाद र स्थानीय रहनसहन संस्कृतिलाई घरबास कार्यक्रममा बढी जोड दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न र घरबासको बारेमा सही सूचना दिन पर्यटन बोर्डले मोबाइल एप्स तयार गर्न लागेको जानकारी दिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *