Home > News & Events > पर्यटकीय पोखरा र सिमरा फागु पूर्णिमादेखी सिधा हवाई सम्पर्कले जोडिदै

पर्यटकीय पोखरा र सिमरा फागु पूर्णिमादेखी सिधा हवाई सम्पर्कले जोडिदै

पर्यटकीय पोखरा र सिमरा फागु पूर्णिमादेखी सिधा हवाई सम्पर्कले जोडिदै

हिमाली आवाज । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ ।

यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा  आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उडान गरिने र शुरुमा प्रति यात्रु रु चार हजार ५०० को टिकट लाग्ने एयलाइन्सले जनाएकोछ । सो रुटको उडान कूल ३० मिनेटको हुनेछ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनको राजधानी पोखरालाई मुलुकका सातवटै प्रदेशसँग सिधा हवाई सेवासँग जोड्ने अभियानअन्तर्गत पोखरा–सिमरा उडान शुरु गर्न लागेको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हवाई सेवा सञ्चालन गर्नु महत्वपूर्ण भएको उल्लेख गर्दै यसको दिगोपनका लागि स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले हवाई सेवा सञ्चालनले तराई र पहाडबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै धार्मिक पर्यटनमा टेवा पुग्ने धारणा राख्नुभयो ।

पोखरा विमानस्थलका कार्यालय प्रमुख विक्रमराज गौतमले हवाई सेवामार्पmत आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकार र निजी क्षेत्र बीचको समन्वय र सहकार्य आवश्यक हुने बताउनुभयो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *