Home > News/Events > पोखरा -नेपालगन्ज पर्यटन प्रर्वद्धन उत्साहप्रद : नाट्टा पोखरा अध्यक्ष सञ्जय सिग्देलको विचार

पोखरा -नेपालगन्ज पर्यटन प्रर्वद्धन उत्साहप्रद : नाट्टा पोखरा अध्यक्ष सञ्जय सिग्देलको विचार

पोखरा -नेपालगन्ज पर्यटन प्रर्वद्धन उत्साहप्रद : नाट्टा पोखरा अध्यक्ष सञ्जय सिग्देलको विचार

नेपालको पर्यटन उद्योगमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिगत लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याईरहेको यहाँहरु सबैलाई अवगत नै छ । पर्यटन विकासलाई मुर्तरुप दिन यो संस्थाले सन् २००४ देखि ‘नाट्टा फाम टुर’ र त्यसपश्चात २००८ देखि ‘नाट्टा प्रमोशनल टुर’ साथै पछिल्ला केही वर्षदेखि ‘नाट्टा अवलोकन भ्रमण’ कार्यक्रम गर्दै आईरहेको छ ।

पर्यटन प्रवद्र्धनार्थ गरिएका यी गतिविधिका क्रममा नेपालभित्रका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन भईरहेको छ । त्यस्तै छिमेकी भारत सहित तेश्रो मुलुकहरु मलेसिया, सिंगापुर, दक्षिण कोरिया, बंगलादेश, भियतनाम कम्बोडिया र थाईल्याण्डका विभिन्न सहरमा प्रवद्र्धनका कार्यक्रम गरिएका छन् ।

विश्व माहामारिको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपाल सहित विश्व अर्थतन्त्र नै धराशायी बन्दै गएको छ । जसका कारण देशको अर्थतन्त्र चलायमान बन्न सकेको छैन । पर्यटन व्यवसायमा त कोभिड–१९ को असर झनै गम्भिर छ । जसका कारण पर्यटन व्यवसाय नराम्ररी थलिएको छ ।

कोभिड–१९ प्रभावका कारण अझै केही समय तेस्रो मुलुकका पर्यटकले नेपालको भ्रमण गर्ने सम्भावना नरहेकोले नेपालको पर्यटनलाई आन्तरिक पर्यटन मार्फत भएपनि चलायमान गराउने प्रयास भईरहेको छ । यही सन्दर्भमा नेपालको पर्यटकीय संस्थामध्येको जेठो संस्थाको रुपमा रहेको नाट्टाले कोभिड–१९ को प्रभावबीच पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय कोभिड–१९ को असर बिस्तारै कम हुदैं गएको र खोप समेत आईसकेको परिस्थितिमा अब बिस्तारै पर्यटन क्षेत्रलाई चलायमान गराउनुपर्छ र त्यसको शुरुवात आन्तरिक पर्यटनबाट थाल्नुपर्छ भन्ने नाट्टाको भनाई छ । यही उद्देश्यका साथ गण्डकी प्रदेश पोखरा र व्यापारिक शहर नेपालगन्जलाई हवाई सेवा मार्फत जोड्ने प्रयास थालिएको छ । त्यस क्रममा नेपालगञ्ज र पोखराबीच सिधा हवाइ सेवा सुचारु भएको जानकारी गराउन चाहन्छौ ।

हालका लागि सिता एयरमार्फत पोखरा–नेपालगञ्ज उडान सुरु भएको जानकारी गराउन चाहन्छौ ।
सिधा हवाई सेवाको शुभारम्भसँगै बर्दिया र नेपालगञ्ज क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालेको पनि जानकारी गराउन चाहन्छौ । नेपाल

पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका र पोखरा महानगरपालिकाको प्रवद्र्धनमा सिता एयर, ईको टुरिजम डेभलपमेन्ट फोरम बर्दियाको सहयोग एवं नाट्टा गण्डकी प्रदेश र नाट्टा नेपालगञ्ज च्याप्टरको सहकार्यमा यो प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालिएको हो ।
यही क्रममा पहिलो उडानमार्फत नेपालगञ्जबाट पोखरा आउनु भएका सम्पुर्ण पर्यटन व्यवसायी, पत्रकार र अन्य व्यवसायीलाई पोखरामा स्वागत गर्दै पोखराबाट पनि हामी आन्तरिक पर्यटन प्रवद्र्धनको सुरुवात गर्न नेपालगञ्ज गइयौ ।

पोखरा–नेपालगञ्ज हवाई सेवा सुचारु भएको यो अवसरमा दुवै गन्तव्यका व्यवसायीले सहकार्य गर्दै हवाई सेवालाई निरन्तरता प्रदान गर्ने प्रयास पनि रहेको जानकारी गराउन चाहन्छौ । यो प्रवद्र्धन अभियानले नेपालगञ्ज हुँदै भित्रिएका भारतीय पर्यटकलाई पोखरासम्म भित्रा्याउन सहज हुने हाम्रो अपेक्षा छ । सिधा हवाई सेवाले रारा, फोक्सुण्डो र बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा गरेका छौं ।

You may also like...

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *