Home > News & Events > पोखरा पर्यटन परिषदद्वारा पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धी तालिम

पोखरा पर्यटन परिषदद्वारा पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धी तालिम

पोखरा पर्यटन परिषदद्वारा पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धी तालिम

पोखरा १२, चैत
पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई दुई दिने डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया तालिम प्रदान गरेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा बोर्डका प्रमुख काशिराज भण्डारीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने बताउनुभयो । पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिनुपर्नेमा जोड दिनुभयो । प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने जनाउँदै भण्डारीले प्रविधि मैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिन व्यवसायीलाई आग्रह गर्नुभयो । प्रविधिले आमन सामने भएर गरिने कति कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पुर्याउने बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले सहभागीको उल्लेख्य सहभागिताले व्यवसाय प्रति व्यवसायी चिन्तित देखिएको बताउनुभयो । उहाँले पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो समेत औल्याउनुभयो ।
परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवा प्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थान बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धनका लागि सैद्धान्तिक व्यहारिक ज्ञान हासिल गर्न सफल भएको बताउनुभयो ।
तालिमका प्रशिक्षक पारस देवकोटा सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासा सहित सहभागीता जनाएको बताउनुभयो । उहाँले फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो । सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभ लिन सकिने बताउनुभयो ।
। देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो ।
संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरुको तालिममा सहभागिता रहेको जानकारी दिनुभयो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *