Home > News & Events > (फोटो फिचर) पोखरा रंगशालामा यसरी मनाइयो होली विशेष खेलकूद कार्यक्रम, “यो कार्यक्रम नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि महत्वपूर्ण छ”–राखेप सदस्य गुरुङ

(फोटो फिचर) पोखरा रंगशालामा यसरी मनाइयो होली विशेष खेलकूद कार्यक्रम, “यो कार्यक्रम नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि महत्वपूर्ण छ”–राखेप सदस्य गुरुङ

(फोटो फिचर) पोखरा रंगशालामा यसरी मनाइयो होली विशेष खेलकूद कार्यक्रम, “यो कार्यक्रम नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि महत्वपूर्ण छ”–राखेप सदस्य गुरुङ

128Shares
facebook sharing button Share
twitter sharing button Tweet
email sharing button Email
sharethis sharing button Share

पोखरा स्पोर्टस । फागु पूर्णिमाको अवसरमा पोखरा रंगशालामा विविध मनोरञ्जनात्मक, परम्परागत खेल तथा सास्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।

कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण पुरुष भलिवल, महिला/पुरुष ठेलो प्रतियोगिता, महिला/पुरुष डोरी तान प्रतियोगिता, महिला/पुरुष घैटौ फुटाउने प्रतियोगिता, म्यूजिक चियर प्रतियोगिता, नृत्य प्रतियोगिता, लिङ्गो चढ्ने प्रतियोगिता, पावर लिफ्टिङ प्रतियोगिताहरु आयोजना भएका हुन ।

उल्लेख्य संख्यामा विभिन्न खेलकूदका खेलाडी तथा विभिन्न समाजका खेलाडीहरु सहभागिता रहेको उक्त कार्यक्रम अन्तर्गत पुरुष मैत्रीपूर्ण भलिबलमा पोखरा पर्यटन परिषदले खेलकूदको टिमलाई जितेको छ । जित सँगै पर्यटन परिषदले खसी उपहार स्वरुप प्राप्त गर्न सफल भएको छ ।

यसै गरी परम्परागत ठेलो प्रतियोगितामा टंक ढकाल प्रथम हुँदै नगद १५ हजार प्राप्त गर्न सफल भएका छन भने राजेश गुरुङले द्वितिय स्थान हात पार्दै नगद १० हजार रोहित सुनार तृतिय हुँदै नगद ५ हजार प्राप्त गरेका छन । महिला ठेलो तर्फ सरस्वती गुरुङले वाजी मारिन । उनले नगद १५ हजार हात पार्दा ऋषीसरा थापा द्वितिय हुँदै नगद १० र सर्मिला राना मगर तृतिय हुँदै नगद ५ हजार प्राप्त गर्न सफल भइन ।

यता डोरीतान तर्फ मेगा जिमले बास्केटबल संघ कास्कीलाई हराउँदै खसी जित्न सफल भएको छ भने लिङ्गो चढ्ने प्रतियोगितामा केशव तामाङले १८ प्रतियोगीलाई उछिन्दै जित हासिल गरे । उनले जित सँगै नगद २ हजारका साथमा २ वटा लोकल भाले समेत हात पारेका छन ।

त्यसै गरी प्रतियोगितातर्फ पावर लिफ्टिङमा धन बहादुर झाँकी प्रथम हुँदै नगद ५ हजार हात पार्दा सलिन गुरुङ द्वितिय हुँदै नगद ३ हजार र आशिष गुरुङ तृतिय हुँदै नगद १ हजार प्राप्त गर्न सफल भए । कार्यक्रम अन्तर्गत भएको नृत्य प्रतियोगितामा महिला तर्फ शृष्टी गुरुङ र पुरुषतर्फ अमन गुरुङले जित हासिल गरे । उनीहरु दुवैले नगद ३–३ हजार हात पारे । त्यसै गरी घैटौ फुटाउने प्रतियोगितामा विमला नेपालीले घैटौ फुटाएर नगद २ हजार हात पारिन ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समितीको आयोजना तथा कास्की जिल्ला खेलकूद विकास समितीको संयोजनमा भएको उक्त विशेष कार्यक्रमका विजेता खेलाडी तथा टिमहरुलाई राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङ, राखेप विभागिय प्रमुख कुल बहादुर थापा, जिल्ला समन्वय समिती कास्कीका सदस्य तोरण वानिया, पश्चिमाञ्चल क्षेत्रिय खेलकूदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, निर्देशक कृष्ण तिमिल्सिना, डिवी नेपाली, कलाकार महेश गोदार लगायतले पुरस्कार तथा नगद वितरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश खेलकूदका सदस्य सचिब तेज गुरुङको सहभागिता रहेको थियो ।

सो अवसरमा वोल्दै राखेप सदस्य राजेश गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौ राष्ट्रिय खेलकूदका लागि यस्ता कार्यक्रमले खेलाडीमा उर्जा थप्ने बताए । उनले भने–“कोभिड पछि खेलाडीमा निरासा जस्तै छ, हामीले गण्डकीको शाखका लागि खेलाडीमा उत्साह भर्न आवश्यक छ, पक्कै पनि यस्ता कार्यक्रमले सकारात्मक नतिजा आउने छ ।”

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *