Home > News & Events > तनावबाट मुक्त हुन पर्यटन व्यवसायीले गरे ध्यान योग

तनावबाट मुक्त हुन पर्यटन व्यवसायीले गरे ध्यान योग

तनावबाट मुक्त हुन पर्यटन व्यवसायीले गरे ध्यान योग

  • 81
    SHARES
तनावबाट मुक्त हुन पर्यटन व्यवसायीले गरे ध्यान योग

कोरोनाको त्रास जारीनै छ । फेरी लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरालिरहेको छ । कोरोनको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरापनि त्यसको असरबाट अछुतो रहेन । यहाँका पर्यटन व्यवसायीहरुलाई पनि यसको नकारात्क असरले ठूलो प्रभाव पा¥यो । यसको असरबाट व्यवसायीहरुलाई ताजगी दिलाउनका लागि पोखरा ध्यान योग कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना तथा योगशालाको आयोजनामा कोभिडका कारण पर्यटन व्यवसायीमा पर्न गएको तनाव व्यवस्थापनका लागि उक्त योग शिविर आयोजना गरिएको हो । बेगनास शिवायल योग रिसोर्टमा शनिबार आयोजित उक्त योग शिविरमा सहभागिहरुले तनावबाट मुक्त ध्यान, योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सव गरे । योग प्रशिक्षक स्वामी ध्यान सागर ( सुनिल श्रेष्ठ)ले कार्यक्रममा सहजिकरण गरेका थिए ।

तीन घण्टाको सो कार्यक्रममा पोखरा पर्यटन परिषद्मा अवद्ध विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुका ३० सहभागिहरुले भाग लिए । सामाजिक दुरी कायम गर्दैै गरिएको सो शिविरमा सहभागिहरु यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सकिए विभिन्न प्रकारका तनावबाट मुक्त हुन सकिने प्रतिक्रिया दिए । ‘कोरोनाका कारण पर्यटन व्यवसायीहरुमा ठूलो असर पर्न गएको छ, यसबाट केहि भएपनि सहजता प्राप्तीका लागि यो कार्यक्रमको आयोजना गरिएको हो, यसलाई व्यवसायीहरुले सकारात्क लिएका छन । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्’–पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बबरजंग गुरुङ्गले कार्यक्रको संयोजन गरेका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *