Home > News & Events > कोरला नाका खोल्ने बारे अन्तर्कृया

कोरला नाका खोल्ने बारे अन्तर्कृया

कोरला नाका खोल्ने बारे अन्तर्कृया

57Shares
facebook sharing button Share
twitter sharing button Tweet
messenger sharing button Share
whatsapp sharing button Share
sharethis sharing button


मर्दी न्युज
भाद्र १९ गते २०७९ मा प्रकाशित


मुस्ताङ जिल्लाको पर्यटन प्रबर्द्धन तथा कोरला नाका सम्बन्धि सरोकारवाला जनप्रतिनिधि हरु संग छलफल कार्यक्रम आज लेकसाईड स्थित बाराही होटलमा सम्पन्न भएको छ ।

पोखरा पर्यटन परिषदको आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेल रहेका थिए ।

आफ्नो मन्तव्यको क्रममा उहाँले पोखरा पर्यटन परिषदले पर्यटन प्रबर्द्धनको लागि लिएको अग्रसरताको सराहना गरेका थिए ।

कोरला नाका देखि त्रीबेणी गजेन्द्रमोक्ष धाम सम्मको सडक प्रदेशको लाईफलाईन भएकोले यसको बिकाश गर्नुको विकल्प नभएको बताउदै विभिन्न खण्डमा भएका कामहरु बारेमा चर्चा गरेका थिए ।

आयातनिर्यात र पर्यटकीय रूपमा अत्यन्तै महत्त्वपूर्ण यो सडकबाट प्रदेशले मात्रै नभए देशले नै फाइदा लिनुपर्नेमा उनले जोड दिएका थिए ।

आ-आफ्नो भनाइ राख्ने स्थानीय जनप्रतिनिधिहरु मध्ये लोमन्थाङ्ग गाउँपालिका प्रमुख टासी नुर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख लोबसाङ्ग छोम्पेल बिष्ट, बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका प्रमुख रिन्जिन नाम्गेल गुरुङ, थासाङ्ग गाउँपालिका प्रमुख प्रदीप गौचन, घरपजोङ्ग गाउँपालिका प्रमुख मोहन सिंह लालचन, प्रदेश सांसद इन्द्रधारा बिष्ट थिए ।

त्यसैगरी आआफ्नो बिषयमा प्रस्तुति राख्ने बक्ताहरुमा कालीगण्डकी करिडोर (बेनि- जोमसोम) का प्रमुख चन्द्र शेखर सापकोटा, मुस्ताङ जिल्लाका कोष नियन्त्रक रामेश्वर अर्याल, मालपोत कार्यालय मुस्ताङका कार्यालय प्रमुख तथा मुक्तिनाथ बिकाश समितिका सदस्य सचिव हरि बहादुर भुजेल लगायत रहेका थिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम को संचालन महासचिव सन्जयकान्त सिग्देलले गरेका थिए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले बिषय बस्तु माथि प्रकाश पारेका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *