Home > News & Events > आज ४३ औं विश्व पर्यटन दिवस,पोखरा विमानस्थलमा पर्यटकको भव्य स्वागत

आज ४३ औं विश्व पर्यटन दिवस,पोखरा विमानस्थलमा पर्यटकको भव्य स्वागत

आज ४३ औं विश्व पर्यटन दिवस,पोखरा विमानस्थलमा पर्यटकको भव्य स्वागत

35

SHARES

140

VIEWS

पोखरा। ४३ औं विश्व पर्यटन दिवसको अवसर पारेर पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई मंगलबार बाजागाजा सहित पोखरा विमानस्थलमा स्वागत गरिएको छ ।

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।

विमानस्थलमा पोखरा आएका पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गरेका हुन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।

यसैबीच विश्व पर्यटन दिवसकै अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एशोसिएशन रेवान पोखराले मंगलबार पोखरामा एक दिने सडक महोत्सव गर्दैछ ।

हरेक वर्ष गर्दै आएको एक दिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *