Home > News & Events > बैंक वित्तिय संस्थाको ताकेताले व्यवसायी आतंकित : पर्यटन व्यवसायी

बैंक वित्तिय संस्थाको ताकेताले व्यवसायी आतंकित : पर्यटन व्यवसायी

बैंक वित्तिय संस्थाको ताकेताले व्यवसायी आतंकित : पर्यटन व्यवसायी

पोखरा ।
पोखराका पर्यटन व्यवसायीले व्यवसायीको मर्मलाई बुझेर मौद्रिक नीतिमा आवश्यक परिमार्जन गर्न आग्रह गरेका छन् । पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषद्ले बिहिबार विज्ञप्ति मार्फत विभिन्न्न ७ बुँदे माग अगाडि सार्दै मौद्रिक नीति परिमार्जनको माग गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा नीतिगत रुपमा नसमेटेको कारण देखाउँदै बैक तथा वित्तिय संस्थाहरुले असोज मसान्तसम्म दायित्व तिर्न भनि गरेको ताकेताले आफूहरु मर्मात भएको विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसायीहरुका दायित्वलाई असोज मसान्तको त्रैमासिक अन्त्यमा मिलान गर्नुपर्ने गरी व्यवसायीहरुलाई भएको ताकेताले त्रसित गर्ने काम रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘जसले गर्दा व्यवसायीहरु आतंकित छन् र पलायन हुने मार्गमा निरुत्साहित छन् ।’

चाडपर्वमा आफन्त भेट्न आउने गैरआवासीय नेपालीहरुको हरुको आकँडा समेत देखाएर पर्यटन क्षेत्र पुनरुत्थान भएको खबरलाई आधार मानेर व्यवसायीहरुले पाइराखेका सुविधालाई कटौति गरिएको रहत एवं पुनउत्थानका प्याकेज प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसायीहरु संरक्षण गर्न पर्यटनमा भएको लगानी र रोजगारलाई जोगाउन यस वर्षको मौद्रिक नीतिले नसमेटिएको विषय बस्तुलाई परिमार्जित गर्दै थप कार्यक्रमहरु ल्याउन नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दै सरकारले प्रमुख प्रभावित क्षेत्र घोषणा गरेको पर्यटन क्षेत्रका लगानीलाई कोभीड अवधिभरको व्याज मिनाह गर्न व्यवसायीहरुको जोडदार माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

पोखरा पर्यट परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले तिनै तहका सरकार, सम्बन्धित मन्त्रालय, नेपाल राष्ट्र बैक, बैक तथा वित्तिय संस्थाहरुलाई आवश्यक निर्णय लिन विभिन्नढंगले गराइएको ध्यानाकर्षणलाई बेवास्ता गरिएको बताए । उनले सरकार र सम्बन्धित निकायले व्यवसायीको अभिभावकत्व दिनुपर्नेमा हाल सम्म त्यस्तो अनुभुति नै गर्न नपाएको जानकारी दिए । जसका कारण बैक वित्तिय संस्थालाई तिर्नुपर्ने साँवा, किस्ता, व्याज तथा कुनै पनि दायित्व असोज मसान्तमा तिर्न सक्ने अवस्था नरहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *