![](https://pokharatourism.org.np/wp-content/uploads/2022/09/409190965_633265959015342_3032614323487824274_n-300x300.jpg)
पोखरा पर्यटन परिषद्को आयोजनामा, कन्दरा सांगीतिक ब्यान्डले नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश’- आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालका विभिन्न ८ स्थानमा कन्सर्ट आयोजना गर्न लागेको हो ।
२७ पुसमा पोखरा!!!
हङकङ पोखरा, तगारोमा रूमाल, लेककी हे माया, तिमी पारी, डाँडापारी आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक पप संगीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले आगामी २७ पुसमा पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष सांगीतिक कार्यक्रम सुरू गर्दै छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन्