Home > News & Events > विश्व पर्यटन दिवसमा पाेखरामा पर्यटककाे स्वागत, अन्तर्राष्ट्रिय एयरलाइन्सका ‘कन्ट्री म्यानेजर’ सँग अन्तरक्रिया गरिने पोखरामा एक दिने सडक महोत्सव

विश्व पर्यटन दिवसमा पाेखरामा पर्यटककाे स्वागत, अन्तर्राष्ट्रिय एयरलाइन्सका ‘कन्ट्री म्यानेजर’ सँग अन्तरक्रिया गरिने पोखरामा एक दिने सडक महोत्सव

विश्व पर्यटन दिवसमा पाेखरामा पर्यटककाे स्वागत, अन्तर्राष्ट्रिय एयरलाइन्सका ‘कन्ट्री म्यानेजर’ सँग अन्तरक्रिया गरिने

पोखरामा एक दिने सडक महोत्सव

अन्नपूर्ण संवाददाता
पोखरा, ११ असोज

आज विश्व पर्यटन दिवस । यो दिवस नेपालमा विविध कार्यक्रम गरी आज मनाइँदै छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा आज पोखरामा पनि विविध कार्यक्रम गरिँदै‌ छ।

आज बिहान पोखरा विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन तथा अन्तरक्रिया कार्यक्रम राखिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पाेमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलमा इटालियन र भारतीय पर्यटकलाई स्वागत गरिएको हाे । मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, परिषद्का अध्यक्ष श्रेष्ठ लगायतले पर्यटकलाई स्वागत गरेका थिए ।

पोखरा पर्यटन परिषदले ‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषदका महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनले पोखराको पर्यटनलाई विश्व बजारमा पुर्याउनका लागि छिमेकी मुलुक भारतका विभिन्न सहरबाट १० पत्रकारलाई पोखरामा पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गराउनका साथै र अन्तर्राष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्री म्यानेजर’ हरुसँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको जनाए ।

अहिले २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । तीमध्ये १० एयरलाइन्सका प्रतिनिधि कार्यक्रमका सहभागी हुनेछन् । नेपालको आर्थिक विकासका लागि पर्यटनको महत्वपूर्ण योगदान रहेको जनाउँदै पर्यटन दिवसमा पोखराका पर्यटन सम्बद्ध संघ, संस्थाले पनि क्षेत्रगत रुपमा विभिन्न कार्यक्रम तय गरेका छन् ।

दिवसकै अवसरमा एक दिने सडक महोत्सव

पोखरामा १ दिने सडक महोत्सव हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले पर्यटन दिवसका दिन आज सडक महोत्सव गर्दैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले बताएको छ ।

हरेक वर्ष गर्र्दै आएको एक दिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा बेलुका ५ बजेदेखि राति १० बजेसम्म हुने रेवान महासचिव एवं कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार राखिने छन् । जातीय भेषभूषा सहितको सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्र प्रदर्शनी गरिनेछ ।

आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटनलाई विभिन्न पक्षसँग जोडेर पर्यटकीय गतिविधिकमा जोड दिन आवश्यक रहेको जनाउँदै अब पर्यटनलाई परम्परागत भन्दा नवीनतम् सोचबाट पुनविचार गरेर अगाडि बढाउनु पर्ने रेबानका कार्यबहाक अध्यक्ष विश्व पौडेलले बताए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *