Home > Uncategorized > पोखरा सिटि टुर गाइड एसोसिएसनले गर्‍यो दुइदिने पुनर्ताजगी तालिम

पोखरा सिटि टुर गाइड एसोसिएसनले गर्‍यो दुइदिने पुनर्ताजगी तालिम

पोखरा सिटि टुर गाइड एसोसिएसनले गर्‍यो दुइदिने पुनर्ताजगी तालिम

पोखरा । पोखरा सिटि टुर गाइड एसोसिएसनले यही पुस २३ र २४ गते पोखराका सिटि टुर गाइडहरुलाई तालिम प्रदान गरेको छ ।

अहिलेको परिस्थिति अनुसारको पुनर्ताजगी तालिम तथा कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा अपनाउन पर्ने आधारभूत स्वास्थ मापदण्ड बारेमा ३२ जना गाइडहरुलाई तालिम दिएको हो । त्यसको अलावा संस्कृति तथा डिजिटल मार्केटिङको बारेमा पनि तालिम दिइएको अध्यक्ष कृष्ण भारतीले बताए।

तस्विरः शेषकान्त शर्मा

तालिमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले अब पर्यटन पुरानो तरिकाले नचल्ने र नयाँपन ल्याउन सबैले पहल गर्नुपर्ने बताएका छन ।

समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले आफ्नो मन्तव्य राख्दै अब जेनतेन ‘सर्भाइभ’ भएको पर्यटन व्यवसायलाई चलायमान बनाएर ‘रिभाइभल’तर्फ जानुपर्ने र सो को लागि आन्तरिक पर्यटक लक्षित कार्यक्रम तथा प्याकेज ल्याउनुपर्ने बताए ।

सोही अवसरमा उनले सिटि टुर गाइडहरुका समस्याहरु लिपिबद्द गरेर लिखित रूपमा पोखरा पर्यटन परिषदमा दिन सुझाव दिए ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहकार्य तथा नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको प्राबिधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष कृष्ण भारती तथा कार्यक्रम संचालन सचिव आनन्द गुरुङले गरेका थिए। कार्यक्रम लेकसाइडस्थित होटल पोखरा बाटिकाको सभाहलमा सम्पन्न गरिएको थियो।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *