Home > News & Events > अन्नपूर्ण आधारशिविर जाँदा पिसिआर रिपोर्ट नचाहिने स्थानीय व्यवसायीले पिसिआरको रिपोर्ट चाहिने प्रावधान हटाए

अन्नपूर्ण आधारशिविर जाँदा पिसिआर रिपोर्ट नचाहिने स्थानीय व्यवसायीले पिसिआरको रिपोर्ट चाहिने प्रावधान हटाए

अन्नपूर्ण आधारशिविर जाँदा पिसिआर रिपोर्ट नचाहिने

स्थानीय व्यवसायीले पिसिआरको रिपोर्ट चाहिने प्रावधान हटाए

अन्नपूर्ण आधारशिविर क्षेत्र । फाइल तस्बिरः नागरिक

अन्नपूर्ण आधारशिविर (एबिसी)पुग्न अब पर्यटकले कोरोना परीक्षण गरेर पिसिआरको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने भएको छ । स्थानीय व्यवसायीले आधारशिविर पदमार्गको छोमरोङ भन्दा माथि जाँदा पिसिआरको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरेकोमा अब त्यो बाध्यकारी प्रावधान हटाएका हुन् । अबदेखि पर्यटक बिना पिसिआर रिपोर्ट पनि एबिसीसम्म पुग्न सक्ने व्यवसायीले बताएका छन् ।

पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलीप गुरुङले पदयात्रीको सहजताका लागि पिसिआरको नेगेटिभ रिपोर्ट नचाहिने गरि सहज बनाएको बताए । ‘एबिसीसम्म जाँदा कसैले पनि पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्दैन,’ गुरुङले भने, ‘यसले आन्तरिक पदयात्रीलाई केही सहज हुने अनुमान गरेका छौ ।’ नयाँ प्रावधान बुधबारदेखि नै लागु भएको उनले बताए ।

कोरोनाका कारण चैतदेखि एबिसीसम्मको पदयात्रा बन्द रहेकोमा गत माघ १ देखि खुलाइएको थियो । पदयात्रा खुला गरेको भएपनि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरेकोले पर्यटक आउन नसकेकोले त्यो प्रावधान हटाएको उनले बताए । ‘पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य चाहिने भन्ने प्रावधान हटाएपनि सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालनामा भने कडाई हुनेछ,’ उनले भने, ‘मास्क, स्यानिटाइजरका प्रावधान कडाईका साथ लागु गरिनेछ ।’

कोरोनाका कारण चैतदेखि नै आधारशिविरको पदमार्ग रोकिएको थियो । तर, त्यो भन्दा अगाडि पोहोर माघ ३ गते आधारशिविर पदमार्गमा हिमपहिरो झर्दा पदमार्ग अवरुद्ध भएपछि पर्यटक जान सकेका थिएनन् । हिउँ पग्लेर पदमार्ग सुचारु हुन नपाउँदै कोरोनाको मारले आउजाउ रोकिइसकेको थियो । माघ १ गतेदेखि पदयात्रा खुलाएपनि पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिँदा पर्यटकहरु घान्द्रुकबाट अगाडि बढ्न पाएका थिएनन् ।

उनका अनुसार अहिले पदमार्गको देउरालीसम्मका होटल खुला छन् । तर, एबिसी र माछापुच्छ«े आधारशिविर (एमबिसी)का होटल भने अझै बन्द छन् । आधारशिविरका होटल बन्द भएकोले अहिले गएका पर्यटक देउराली भन्दा अगाडि बास पाउँदैनन् । यतिबेला देउरालीसम्मका होटल मात्र खुलेकोले आधारशिविर क्षेत्रमा बास बस्न भने नमिल्ने उनले बताए । ‘देउरालीबाट चारघण्टामा एबिसी पुग्न सकिन्छ । एबिसीसम्म हाइकिङ गएर बेलुकी देउराली नै फर्किन सकिने गरि प्याकेज बनाएका छौ । देउरालीबाट एबिसी पु¥याउने र घुमाएर देउराली नै झार्नेगरि गाइड तयार पारेका छौ,’ उनले भने, ‘देउरालीका तिनै गाइडले खाना सहित पाहुनालाई एबिसी उकाल्ने र बेलुकी तल झार्नेछन् ।’ देउरालीदेखि एबिसीसम्म चारघण्टामा उक्लिन र फर्किदा दुईघण्टा सकिने उनले बताए ।

‘आधारशिविर क्षेत्रका होटल नखुलिसकेकोले अहिलेका लागि देउराली अन्तिम बसोबास हुन्छ । तर, होटल खुलेपछि एबिसीमै बास बस्न पाउनेछन,’ उनले भने, ‘एबिसी र एमबिसीका होटल खोल्ने पहल भईरहेको छ । कामदार घर रहेकोले उनीहरुलाई फर्काएर होटल सुचारु गर्ने तयारी छ । कामदार आउँदै गरेकोले एकसाताभित्र होटल पनि संचालनमा आउनेछन् ।’ अहिले एबिसीमा चार र एमबिसीमा पाँचवटा होटल छन् । योपटक हिमपात नभएकोले पनि पदयात्रीलाई अहिलेसम्मको अवस्थामा एबिसीसम्म पुग्न सहज रहेको उनले बताए ।

प्रकाशित: ७ माघ २०७७ १३:५६ बुधबार

You may also like...

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *