फेवातालको सौन्दर्यकरणमा ध्यान दिन पोखरा पर्यटन परिषदको आग्रह

फेवातालको सौन्दर्यकरणमा ध्यान दिन पोखरा पर्यटन परिषदको आग्रह

पोखरा, ३० माघ
फेवातालको बाँध मर्मत सम्भारको क्रममा यतिबेला तालको पानीको सतह घटाइएको छ । फेवाताल किनारमा थुप्रिएको ग्रेगानलाई यहि समयमा निकालेर तालको आयु बढाउन पोखरा पर्यटन परिषदले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षण गराएको छ ।
परिषद्का अध्यक्ष गोपीबहादुर भटटराईले फेवातालको माटो निकालेर सौन्दर्यकरणमा जुट्न पोखरा महानगरलाई समन्वय गर्न आग्रह गरेको बताउनुभयो । “तालको सिरान क्षेत्रबाट बगेर आएको ढुंगा माटो (ग्रेगान)कारण तालको आयु घट्दै गएको छ । पोखराको गहनाको रुपमा रहेको फेवातालको सौन्दर्यकरणमा ध्यान दिदै यसको दीर्घकालिन संरक्षण र सम्बद्र्धनमा ध्यान दिन जरुरी छ ” भट्टराईले भन्नुभयो “अहिले सहि समय हो जनस्तरबाट पनि तालमा देखिएको माटो फाल्नुपर्छ भन्ने कुरा आएको छ । हामी पनि त्यस कुरामा साथ दिन तयार छौ ।” उहाँले अहिले फेवाताल वरिपरि रहेको फोेहोर मैला व्यवस्थापन गर्ने, फेवाताल भित्र रहेको मलिलो माटो झिकेर सहि सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरणका लागि आवब्यक पहल गर्न पोखरा महानगर पालिकालाई समन्वयनका लागि आग्रह गरिएको जानकारी दिनुभयो । भट्टराईले स्थानीय तहले अग्रसरता लिएर शुरुआत गरेमा पोखराका पर्यटन सम्बद्ध संघ संस्थाले साथ दिएर यस अभियानलाई सफल बनाउने बताउनुभयो ।
वि.सं २०१८ सालमा बाँँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएको थियो । उक्त बाँधमा अहिले रबर शिल्ड र लन्चिङ एप्रोनहरु राखेर मर्मत कार्य हुँदैछ । बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाह अनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने जनाइएको छ ।
पोखरा महानगरपालिकाले प्रधानमन्त्रीलाई बुझाएको पछिल्लो रिर्पोटमा फेवातालको क्षेत्रफल (५.०८ वर्गकिलोमिटर) १० हजार रोपनी रहेको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *