Home > News & Events > सुदुरपश्चिमको पर्यटन विकासका लागि पोखरा पर्यटन व्यवसायी समन्वय गर्न तयार सुदुरपश्चिमका पर्यटन व्यवसायी पोखरामा

सुदुरपश्चिमको पर्यटन विकासका लागि पोखरा पर्यटन व्यवसायी समन्वय गर्न तयार सुदुरपश्चिमका पर्यटन व्यवसायी पोखरामा

सुदुरपश्चिमको पर्यटन विकासका लागि पोखरा पर्यटन व्यवसायी समन्वय गर्न तयार

सुदुरपश्चिमका पर्यटन व्यवसायी पोखरामा

Avatarआदर्श समाज सम्वाददाता
माघ २९, २०७७
tourism

पोखरा । सुदुरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदुर पश्चिम नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स (नाट्टा) को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायीको टोलीसँगको अन्तक्रियात्मक कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भोजराज पाठकले गण्डकी प्रदेश र अझ पोखरा पर्यटन क्षेत्रको लागि ‘आइडल’ भएकाले यस क्षेत्रबाट धेरै कुरा सिक्ने सकिने बताए । उनले कोभिड– १९ ले सुस्ताएको पर्यटनका लागि १ प्रदेशदेखि अर्को प्रदेशको भ्रमण गरेर आन्तरिक पर्यटन मार्फत चलायमान गराउन सकिने बताए ।

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड पछाडिको अवस्थालाई गति दिन आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्नुपर्ने बताए । उनले सुदुरपश्चिम सांस्कृतिक, प्राकृृतिक, राजनीतिक रुपले अगाडि भएपनि आर्थिक समृद्धि हासिल गर्न नसकेको उल्लेख गर्दै प्रचार प्रसारमा जोड दिएर पर्यटकीय गतिविधि बढाउनु पर्ने बताए । आर्कषक गन्तब्यहरु प्याकेजमार्फत् ल्याउन सके आगामी दिन आन्तरिक पर्यटकको गन्तव्यमा सुदुरपश्चिम हुन सक्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनका लागि समसामियक विषयमा देखिएका समस्याको कारण खोजेर समाधानमा जुट्नुपर्ने बताए । उनले परम्परागत सोच र अवस्थाबाट अबको पर्यटनले गति लिन नसक्ने उल्लेख गर्दै नवीनतमा सोच र प्रविधिको विकाससँग अगाडि बढ्नुपर्ने धारणा राखे । सरकारका नीतिहरु पर्यटनमैत्री बनाएर पर्यटकका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । सुदुरपश्चिमको पर्यटनका विकासका लागि पोखरा पर्यटन व्यवसायीले समन्वय गरेर साथ दिन तयार रहेको बताए ।

कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल कोभिड –१९ का कारण धेरैले प्राकृतिक र शान्तस्थलको खोजीमा धेरै पर्यटक रहेको उल्लेख गर्दै सुदुरपश्चिम, गण्डकी प्रदेशमा त्यस्ता ठाउँहरु भएकाले प्याकेज बनाएर ल्याउन सके आगामी दिनमा पर्यटननको विकास हुने बताए ।

नेपाल पर्यटन बार्ड गण्डकी प्रदेशका प्रबन्धक विमल कँडेलले कोभिड– १९ को चुनौतीलाई अवसरमा बदलेर लुकेर रहेका गन्तव्यको खोजीसहित यसको प्रवद्र्धन जोड दिनसके दीर्घकालीन रुपमा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघमा अध्यक्ष विकल तुलाचन हवाइ कनेक्टिभिटिलाई जोड दिन सके सुदुर पश्चिम र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा विकास हुने बताए । नाट्टा सुदुर पश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले सुदुरपश्चिमलाई प्रकृतिले सबै कुरा दिए पनि आर्थिक रुपान्तरणमा बदल्न नसकिएको बताए । ‘धार्मिक, प्राकृतिक लगायतका धेरै कुरा सुदुर पश्चिमा छ । कैलाश मानसरोबरको ‘गेट व’े हो तर पनि सुदुरपश्चिम सधै पछाडि परिरहेको छ । सबैको साथ र सहयोग भयो भने यस क्षेत्रको पर्यटनले गति लिन सक्छ हामी गण्डकी प्रदेशबाट पनि सहकार्य समन्वयको अपेक्षा गरेका छौं ।’ उनले सो अवसरमा गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई सुन्दुर सुदुरपश्चिम भ्रमणका लागि आउन आग्रह गरे ।

नाट्टा सुदुरपश्चिमका महासचिव पदमविक्रम सिंहले ‘देव भूमि सुन्दर ठाउँ, सुदुरपश्चिम घुम्न जाऊँ’ भन्ने नारा सहित लुम्बिनी, गण्डकी कर्णाली प्रदेश लगायतका पर्यटन व्यवसायीहरुसँग अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ७ दिने समन्वयात्मक भ्रमण बर्दिया पुगेर समापन हुने उनको भनाइ छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *