Home > News & Events > पोखरामा एनसेल बाह्रखरी गल्फ हुने

पोखरामा एनसेल बाह्रखरी गल्फ हुने

पोखरामा एनसेल बाह्रखरी गल्फ हुने

  • 135
    SHARES
पोखरामा एनसेल बाह्रखरी गल्फ हुने

नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।

खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ । साथै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखराको हलनचोकदेखि हिमालयन गल्फ कोर्स विजयपुर मझेरीपाटनसम्म साइकल ¥याली हुनेछ । गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ । जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा हिमालय गल्फ कोर्स पोखराका निर्देशक किरण केसीले यस्तो बेलामा पनि साहसका साथ यो कार्यक्रम थालेको भन्दै पर्यटनलाई टेवा पुर्याउन यसले आइसब्रेकको काम गर्ने बताए । त्यस्तै, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले पोखरालाई फुटबल, क्रिकेटले चिनाएको बताउँदै अब गल्फले पनि चिनाउन सहयोग गर्ने धारणा राखे । विदेशी पर्यटकले ४० देखि ५० डलरमात्रै पोखरा आएर दैनिक खर्च गर्ने भन्दै उनले यसलाई अलि विस्तार गर्न राज्यले पनि ध्यान दिनुपर्ने बताए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *