Home > News & Events > ‘हाइकिङ ट्रेल’ प्रवद्र्धन गर्दै टान

‘हाइकिङ ट्रेल’ प्रवद्र्धन गर्दै टान

‘हाइकिङ ट्रेल’ प्रवद्र्धन गर्दै टान

Informatic college

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करीब १५ किलोमिटर हाइकिङ गरेको हो । “प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतीसँगै यस क्षेत्रको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्नका साथै हाइकिङ ट्रेलको प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो”, टानका अध्यक्ष सुशील पौडेलले बताए ।

“कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन अब आन्तरिक पर्यटक लक्षित गतिविधिमा जोड दिँदै पदयात्रा प्रर्वद्धनसँगै हाइकिङ संस्कृतिको विकासका लागि पहल थालिएको हो”, पौडेलले व्यस्त जीवनशैलीका कारण मानिस प्रकृतिबाट टाढा टाढा भइरहेका अवस्थामा हरिया डाँडापाखाभित्रका शान्त स्थलमा चराचुरुङ्गीका चिरविर आवाजसँगै पैदल यात्राले शारीरिक र मानसिक दुवै स्फूर्ति बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यसको महत्वलाई बुझाउँदै यस क्षेत्रको विकासमा हाइकिङ ट्रेलको प्रवद्र्धनात्मक कार्यमा जोड दिन कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।

Datsun

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पछिल्लो समयमा हाइकिड संस्कृतिको विकास हुँदै गएको बताए । “हाइकिङमा प्रकृतिसँगको सामिप्यतामा वनस्पति, वन्यजन्तु, चराचुरिङ्गी, हिमाल, पहाड, ग्रामीण परिवेश रहन सहन संस्कृतिसँगै रमाउन सकिन्छ ।” भट्टराईले भने, “पोखरा आसपासमै छोटो लामो दूरीका हाइकिङ ट्रेल छन् तर प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् । पारिवारिक वातावरणमा हाइकिङ गर्न सकिने यस्ता ठाउँहरुकोे प्रवद्र्धनमा जोड दिनुपर्छ ।” पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्यका हिसाबले पनि हाइकिङ निकै राम्रो मानिने उनले बताए ।

moterhead middle page
Adv tvs 3Col
KIA

अहिलेको अवस्थामा आन्तरिक पर्यटनलाई बढावा दिन हाइकिङ ट्रेलकाबारे प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने उनको भनाइ थियो । पोखरा–२४ का वडाध्यक्ष ओम सुवेदीले पर्यटकीय, ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्व बोकेको कास्कीकोटको विकासका लागि थुप्र्रै काम भइरहेको जानकारी दिए । उनले भने, “यस क्षेत्रको विकास र प्रवद्र्धनमा लागेका छौँ, पदमार्ग निर्माण भइरहेको छ । नागडाँडाबाट देउरालीसम्म तीन किलोमिटरको अपाङ्गमैत्री पदमार्ग बनेको छ त्यसयता पोखरा– २४ र १८ सम्मको करीब आठ किलोमिटर पदमार्ग स्तरोन्तिको काम पनि भइरहेको छ ।” सुवेदीले नेपाल पर्यटन बोर्डको सहयोगमा पाँच लाख ७१ हजार बजेटबाट उक्त काम भइरहेको जानकारी दिए । आन्तरिक पर्यटकका लागि निकै उत्कृष्ट गन्तव्य रहेकाले यस क्षेत्रको प्रचारप्रसारमा आवश्यक रहेको उनको भनाइ छ । कास्कीकोट पर्यटन विकास समितिको समन्वयमा सम्पन्न हाइकिङ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चाकर्मीसहित ७० जनाको सहभागिता रहेको समितिका संयोजक उदय सुवेदीले जानकारी दिए ।

You may also like...

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *