Home > News & Events > पोखरा नेपालगञ्ज हवाइ उडान हुने, भाडा ५ हजार

पोखरा नेपालगञ्ज हवाइ उडान हुने, भाडा ५ हजार

पोखरा नेपालगञ्ज हवाइ उडान हुने, भाडा ५ हजार

पोखरा नेपालगञ्ज हवाइ उडान हुने, भाडा ५ हजार

बाँके । पोखरा र नेपालगञ्जलाई हवाइ सेवा मार्फत जोडने उदेश्यले पोखरा र नेपालगञ्ज विच हवाइ सेवा संञ्चालन गर्न लागिएको छ ।

नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स नाटा गण्डकी प्रदेश पोखरा र नाटा च्याप्टर बाँकेको प्रयासमा सो उहान थालेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

सिता एयर मार्फत पोखरा नेपालगञ्ज र बर्दियामा आयोजना गरिएको अध्ययन अवलोकन भ्रमण मार्फत शुरु गरिएको नाटा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनु भयो ।

पोखरा र नेपालगञ्ज बिच सिधा हवाइ सेवा शुभारम्भ गरेका छौ, नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका र पोखरा महानगरपालिकाको प्रवद्र्धनमा सिता एयर इको टुरिजम, नाटा गण्डकी र नेपालगञ्जको सहकार्यमा प्रवद्र्धनात्कम कार्यक्रम थालिएको सिग्देलले जानकारी दिनु भयो ।

पहिलो उडान मार्फत नेपालगञ्जबाट पोखरा आउनु भएका पर्यटन व्यवसायी अन्य व्यवसायी र पत्रकार गरि १८ जनालाइ पोखरा विमान्स्थलमा स्वागत गरिएको गण्डकीका महासचिव कमला गिरीले जानकारी दिनु भयो । नाटाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाईले शुरुवात गरिएको यस हवाइ उडानलाइ निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

नाटा च्याप्टर बाँकेको अध्यक्ष श्रीराम सिग्देलले हप्तामा दुइदिन शुक्रवार र आइतवार उडान १ महिनासम्म गर्ने जानकारी दिनु भयो । उहाँले हालको एकतर्फि उडान ५ हजार लाग्ने र यस विषयमा पोखरामा समबन्धित व्याक्तिसंगको छलफल पछि मूल्य घटन् सक्ने जानकारी दिनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डां धवलशमशेर राणाले नेपालगञ्ज र पोखरालाइ जोडने उदेश्य रहेको जानकारी गराउनु भयो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *