Home > News & Events > आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

पोखरा /

आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ ।

पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिए । “पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौँ”, कँडेलले भने ।

उनका अनुसार विमानस्थलमा जहाजमा उड्ने यात्रुलाई बोर्डिङ पाससँगै र पर्यटक बसबाट यात्रा गर्ने यात्रुलाई टिकटसँगै ‘पासपोर्ट टु पोखरा’ को एउटा ब्रोसर पनि दिइन्छ । उक्त ब्रोसरको माथि स्क्राच गर्ने ठाउँ हुनेछ । उक्त स्थानमा स्क्राच गरेपछि भाग्यमानी विजेताले त्यहाँ उल्लिखित सेवा निःशुल्क प्राप्त गर्नेछन् । काठमाडौँबाट विभिन्न स्थानमा जाने नेपाली यात्रुलाई लक्षित गरी यो अफर ल्याउन लागिएको हो । स्क्राच कुपनमा प्याराग्लाइडिङ, बञ्जि,र्¥याफ्टिङ, जीप लाइन, अल्ट्रालाइट, डुङ्गा, एयर टिकट, बस टिकट, होटल, पदयात्रा, साइट सिनलगायतका गतिविधि अफरमा समावेश हुनेछ । सो अफरका लागि पर्यटन सम्बद्ध सङ्घ संस्थाले आ–आफ्नो क्षेत्रसँग जोडिएका कुरालाई समावेश गर्नसक्ने छन् ।

Parichay

सो योजनाका लागि पोखरा पर्यटन परिषद् (पिटिस) ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसिएशन (हान), नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन (टेसा) नेपाल माउण्टेनरिङ। एशोसिएशन (एनएमए) नेपाल हवाई खेलकूद सङ्घ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (ऐगा), डुङ्गा व्यवसायी, माता तालबाराही आरती सेवा समितिलगायत अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेर विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।

कँडेलका अनुसार प्रारम्भिक चरणमा नेपाली नागरिकलाई मात्र लक्षित यो योजनालाई सार्वजनिकसँगै अन्य योजनामा समिति जुट्ने छ । त्यसैगरी गण्डकी प्रदेशको मनाङबाहेकका जिल्लामा उपसमिति बनेको र उक्त जिल्लाबाट पनि स्थान विशेषका पर्यटन ‘प्रोडक्ट’ र गतिविधिका बारेमा जानकारी मागिएको छ । कोभिड–१९ पछि पर्यटनमा नवीनतम सोच र विशेष योजनाको आवश्यकतासँगै प्रदेशको पर्यटकीय विषयसँग जोडेर प्राकृतिक, सांस्कृतिक र धार्मिक गतिविधिलाई जोड दिने कार्यक्रमसमेत ल्याउने तयारीमा समिति जुटेको संयोजक कँडेलले भनाइ छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोभिड–१९ पछि पर्यटनको अवस्थालाई गति दिन आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताए । उनले विशेष योजना र प्याकेजबाट पर्यटकलाई आकर्षित गर्न सकिने जनाउँदै विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमार्फत केही नवीनतम योजना सार्वजनिक गर्न लागिएको बताएका छन् । देशका सातै वटा प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरी सोअनुसार पर्यटकीय गतिविधि अगाडि बढेको उनको भनाइ छ ।

“पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने तयारीसँगै अहिले ‘पासपोर्ट टु पोखरा’ योजना तयारीमा छौँ, यसले पर्यटकमा एउटा उत्साह थपिदिने विश्वास लिएका छौँ ।” उनले अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित ‘वर्कआउट’ गरिरहेको जानकारी दिए । उनले प्रदेशका पर्यटकीय गन्तव्यसँगै सांस्कृृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागार गर्ने कार्यक्रमलाई समेत बोर्डले जोड दिँदै आएको बताए ।

You may also like...

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *