Home > News & Events > क्यान्सरका बिरामीलाई पोखराबाट भरतपुर र काठमाडौँ जान आउन पर्यटक बसमा निःशुल्क

क्यान्सरका बिरामीलाई पोखराबाट भरतपुर र काठमाडौँ जान आउन पर्यटक बसमा निःशुल्क

क्यान्सरका बिरामीलाई पोखराबाट भरतपुर र काठमाडौँ जान आउन पर्यटक बसमा निःशुल्क

हिमाली आवाज । नेपाल एशोशिएसन अफ टुर तथा ट्राभल्स एजेन्ट्स(नाटा) पोखराले क्यान्सरका बिरामीलाई पोखरादेखी काठमाडौँ र भरतपुर जान आउन निःशुल्क पर्यटक बसको टिकट उपलव्ध गराउने भएको छ ।

यस सम्वन्धमा आज नाटा र नेपाल अर्बुद रोग निवारण संस्थाबीच सम्झौता सम्पन्न भयो । बिमारीको उपचारको लागि अर्बुद रोग संस्थाको सिफारिसमा भरतपुर वा काठमाण्डौ पर्यटक बसमा जाने आउने टिकट व्यवस्था निशुल्क गर्ने गरी सम्झौता भएको नाटाका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

यसैगरी नाटाले संस्थाका पुर्व अध्यक्ष हरि प्रसाद शर्मा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश सदस्यमा मनोनीत, संघका सदस्य देबेन्द्र के.सी. पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा र संघका सदस्य गोपाल सङ्ग्रौला टान पश्चिमाञ्चलको कार्यसमिति सदस्यमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै संघको कार्यालयमा सम्मान गरेको छ ।

नाटाका अध्यक्ष सिग्देलका अनुसार विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ बाट संघका सदस्यहरुलाई पर्न सक्ने प्रभावलाई मध्यनजर गरी गरिएको बिमा बाट प्राप्त रकम संघका सदस्यहरु नबराज अधिकारी र बिजय पौडेललाई हस्तान्तरण गरिएको छ ।

यस अगाडी संघका सदस्य सोम बहादुर थापालाई बिमा रकम भुक्तान गरिएको थियो भने १३ जना सदस्यहरुको प्रक्रियामा रहेको बताइन्छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *